काठमाडौं : अमृत क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयभित्र तोडफोड भएको छ ।
अनेरास्ववियुबाट निर्वाचित स्ववियु सचिव रुद्रहरि पोखरेल, उपाध्यक्ष कौशल प्याकुरेल र सहसचिव रमेश फुलाराको कार्यकक्षमा तोडफोड गरिएको हो ।
कार्यकक्षमा राखिएको नेमप्लेटहरू तोडफोड गरिएको छ । तोडफोड किन र कसले गरेको भनेर खुलेकाे छैन ।
प्रकाशित मिति:
बिहीबार, १० फाल्गुन २०८०



