काठमााडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले इजरायलबाट नेपाली उद्धार गर्दा लागेको लागतवापत पौने ६ करोड रुपैयाँ माग दाबी गरेको छ।
निगमले २५ असोजमा वाइडबडी जहाजमार्फत इजरायलको तेल अभिभबाट २५४ नेपालीको उद्धार उडान गरेको थियो।उक्त उडान गर्दाको लागतवापतको ५ करोड ७५ लाख रुपैयाँ निगमले पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग माग गरेको हो।
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको गाँजामा आक्रमण गरेपछि आफ्ना नागरिकको उद्दारका लागि सरकारले वायुसेवा निगमको जहाज पठाएको थियो।



