प्रकाशित मिति:
बुधबार, २६ भाद्र २०८१
उमर खान आतंकवादी हुन् त?
केही दिन देखि समाजिक सञ्जालमा उमर खान चर्चाको विषय बनेका छन् केही दिन अगाडि गैरकानुनी तरिकाले रोहिङ्गा तथा बङ्गलादेशी मुस्लिमहरू नेपाल छिरेका छन् र उनीहरूलाई सहयोग गरिदिन उमरखानले जनसमुदायलाई आह्वान गर्दै आफ्नो भिडियो समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए। यसै विषयलाई लिएर समाजिक सञ्जालमा आम समुदायहरू यस विषयमा उच्च स्तरको छानबिन होस् र गैरकानुनी तरिकाले रोहिङ्गा तथा बङ्गलादेशी मुस्लिमहरू नेपाल छिरेका घटनाप्रति सरकारको ध्यान आकर्षण होस् र दोषीलाई कानुनको दायरामा ल्याउन समेत आम जनसमुदायहरू आह्वान गर्दैछन् विगतमा उमरखानको समाजिक सञ्जालमा यस्ता गतिविधिमा संलग्न अनेकौँ भिडियोहरू सार्वजनिक भएका छन्। तर पनि यस विषयमा कुनै पनि प्रमाण सार्वजनिक भएको नहुँदा कुनै पनि व्यक्तिले समाजिक सञ्जाल मार्फत चरित्र हत्या नगरिदिनुहुन अनुरोध गर्दछौँ।



