काठमाडौं: बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ। बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले गोली प्रहार गरेको हो।
गोली लागेर घाइते भएका सर्राफलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि अहिले बीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएको छ ।



