काठमाडौं : आज काठमाडौंसहित देशका पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भागमा हिमपात पनि भइरहेको छ ।
पश्चिम तथा सुदूरपश्चिमका क्षेत्रहरूमा भने बादल लागिरहेको छ । भूमध्य सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय बादल बन्ने प्रणालीबाट हाल देशका विभिन्न ठाउँमा वर्षा र बदली भइरहेको मौसमविद् बताउँछन् । मनसुन पूर्वको समयमा यसरी वर्षा हुनु सामान्य भएको बताउँदै वर्षा र बादल लाग्ने क्रम झन्डै ३ दिनपछि हटेर जाने बताइएको छ ।
मौसम विभाग, पूर्वानुमान शाखाले भोलि र पर्सि पनि कोशी, मधेश र बागमती प्रदेशमा पनि बदली र वर्षाको सम्भावना रहेको जनाएको छ ।



