काठमाडौँ : काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुरस्थित जडिबुटीबाट पक्राउ परेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए ।
खड्का डलर साट्ने बहानामा लुटपाट गरेको आरोपित हुन् ।
महाराजगन्ज वृत्तको टोलीले म्याद थपका लागि उनलाई बुधबार दिउँसो जिल्ला अदालत काठमाडाैँ लगेका बेला हतकडीसहित भागेका थिए ।



