वीरगञ्ज: सर्लाहीको हरिवन नगरपालिका बस्ने १७ वर्षीया किशोरी तबसुन खातुनको हत्या अभियोगमा प्रहरीले उनकी सौतेनी आमासहित तीन जनालाई पक्राउ गरेको छ।
कार्तिक २६ गते सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद छन्।
कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्य मिली हत्या गरी शवलाई हरिवन नगरपालिका–११ बालगंगास्थित चिहानमा गाडेको प्रहरीले जनाएको छ।



