काठमाडौं : अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको छ ।मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक नगरेको बताइएको छ । उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपाली रहेको उल्लेख गरेका छन् । घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।



