गुुलरिया : बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। नगरपालिका–४ स्थित तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालका अनुसार ३५ वर्षीय राधा बुढा, १० वर्षीया मानुषी बुढा, आठ वर्षीय कृष चन्द र दुई वर्षीय कार्तिक चन्दको मृत्यु भएको हो। यस्तै २८ वर्षीया करिश्मा चन्द घाइते भएकी छन्।
आगलागीको कारणबारे खुल्न बाँकी रहेको अर्यालले बताए।



