काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिएका छन्।
उनले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमका सम्बन्धमा १४ बुँदे सुझाव दिएका हुन्। भूकम्प गएलगत्तै सभापति लामिछाने भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका थिए।





