काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह आज(शुक्रबार) झापा प्रस्थान गर्ने भएका छन्। भोलि झापामा तय भएको राजावादीहरुको कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
बिर्तामोडको पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वी नारायण शाहको शालिक अनावरण कार्यक्रममा सहभागी हुन पूर्वराजा त्यसतर्फ प्रस्थान गर्न लागेको बताइन्छ। यो कार्यक्रमका क्रममा राजावादीहरुले शक्ति प्रदर्शन समेत गर्न लागेका छन् । त्यसका लागि राप्रपालगायतका राजावादी शक्तिहरु जुटेका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोही कार्यक्रमको तयारीका लागि एक डेढ सातादेखि पूर्वी नेपालमा रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। आयोजकले कार्यक्रममा हजारौँ समर्थकको सहभागीताा रहने दाबी गरिएको छ।



