काठमाडौँ : काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधिका लागि आज नेपालले ।यूएईसँग प्रतिस्पर्धा गर्दैछ। उपाधिका लागि हुने यो फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ।
हङकङसँग भएको खेलमा यूएई पराजित भएको थियो तर, रन रेटका आधारमा युएई फाइनल प्रवेश गरेको थियो। पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ।
पछिल्ला चार खेलमा शानदार जित हात पारेको नेपालले आज हुने खेलमा पनि युएईलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ।



