दोलखा: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्नो सगठन बलियो बनाउँदै लगिरहेको छ । जस अन्तरगत हिजो(आइतबार) मात्रै दोलखाको गौरीशंकर गाउँपालिकामा ३३ सदस्यीय कार्यसमिति गठन भएको छ। जसको अध्यक्षमा नरेन्द्र जोशी चयन भएका छन्। साथै सोही गाउँपालिकाको नौ वटै वडाका अध्यक्षसमेत चयन भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नविन राप्रपा २०८० को कार्ययोजना अन्तर्गत, भूगोल केन्द्रित उक्त कार्यक्रम राप्रपाका केन्द्रीय सहायक प्रवक्ता प्रबिन कुमार थोकर तामाङको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो। साथै केन्द्रबाट भूगोल केन्द्रित जिम्मेवारी लिएर आएका केन्द्रीय सदस्य रन्जन कार्कीको विशेष आथित्यमा आयोजना भएको उक्त कार्यक्रममा सक्रिय सदस्यता नविकरण, नयाँ सदस्य वितरण तथा पार्टी प्रवेश पनि भएको थियो।
उक्त कार्यक्रममा बागमती प्रदेश कार्यसमितिको सहसचिव राजन प्रसाद शिवाकोटी, बागमती प्रदेश सदस्य देबेन्द्र खड्का, जिल्ला कार्यसमिति सदस्य एवम् कालिन्चोक गाउँपालिका अध्यक्ष भाष्कर राज पाण्डे लगायतको सहभागीता रहेको जिल्ला कार्यसमिति दोलखाका सचीव रामबहादुर तामाङले जानकारी दिए।




