धादिङ: पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बुधबार भएको तीन सवारी एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।
धादिङबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशावाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल उच्छिटिएर सोही दिशा तर्फ जाँदै गरेको बा प्रदेश ०१र०२८ च ९३३६ नम्बरको कारमा समेत ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
घाइते मध्ये बा ६० प ४८६९ नम्बरको मोटरसाइकल चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उनको श्रीमती २४ वर्षीय ज्योती पाठक गम्भीर घाइते भएकोले उपचारका लागि काठमाडौ पठाइएको छ । अन्य १० जनाको स्थानीय बैरेनी अस्पतालमा उपचारपछि काठमाडौ ट्रमा सेन्टर पठाएको छ।



