विराटनगर : झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रालिमा आगलागी भएको छ । मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुलेको छैन । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।
प्रकाशित मिति:
सोमबार, २८ फाल्गुन २०८०



