काठमाडौं : एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
क्वालालाम्पुरमा टस जितेर नेपालले घरेलु टोलीविरुद्ध ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा अपराजित रहेको नेपाल सोही लय कायम राख्दै फाइनलमा पुग्ने योजनामा हुनेछ ।अर्को सेमिफाइनलमा थाइल्यान्डलाई चार रनले हराउँदै यूएई फाइनलमा पुगेको छ ।
फाइनलमा पुग्ने टोलीले एसिया कपमा स्थान बनाउनेछन् ।



