झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गर्नेको लहर चलेको छ। एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, नेपाली काँग्रेस हल्दिबारी १ का वडा सभापति शिव कटुवाल, बिर्तामोड ४ का नेपाली काँग्रेस पूर्व वडा सभापति राजकुमार प्रसाई ,पूर्व वडा सभापति बिर्तामोड २ का टंक थपलिया, बिर्तामोड ४ का लक्ष्मी गौतम,भुवन रिजाल बिर्तामोड ८ का सभापति राप्रपा प्रवेश गरेका छन्।
यस्तै अमृत कार्की, चन्द्र प्रसाद खरेल, रमेश थापा मगर, पुष्कर भट्टराई,सुकरसिंह राजवंशी, खडक राजवंशी,केशव राजवंशी, कृष्ण ढकाल र नन्दबहादुर कटवाल पनि राप्रपा प्रवेश गरेका छन्।
उनीहरूलाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन ले पार्टीको सदस्यता दिएका थिए। विभिन्न पार्टीमा रहेर महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरु राप्रपाको एजेण्डा मन पराएर पार्टी प्रवेश गरेको नवप्रवेशी भट्टराईले बताए।



