काठमाडौँ : बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको प्रशंसा गरेका छन् । इन्डियन आइडलको मञ्चमा फिल्म ‘एनिमल’ प्रचारका लागि पुगेका कपुरले उनको गायकीबाट प्रभावित हुँदै प्रशंसा गरेका हुन् ।
रणवीरले मेनुकालाई ‘संगीतकी देवी’ भन्दै उनीसँग आशीर्वाद लिन चाहेको बताएका छन् । रणवीरले मेनुकाको पाउ छोएर सम्मान गर्दै आशीर्वाद लिएको इन्डियन आइडलको भिडियोमा देखिएको छ ।
कार्यक्रममा रणवीरसँग अभिनेत्री रश्मिका मन्दाना पनि सहभागी थिइन् । कार्यक्रममा रणवीरसँगै स्टेजमै चढेर रश्मिकाले पनि सम्मान दर्साएकी थिइन् । उक्त अवसरमा रणवीरले मेनुकाको लागि भोट पनि मागेका थिए ।



