काठमाडाैं : गत माघ १५ गते पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो । रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए ।
तर, बाँदरले बालीनाली खाएको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको । फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका छन् ।
वडाध्यक्ष कार्कीका अनुसार, अघिल्लो साल पनि बजेट राखेर झाडी फाँड्ने अभियान चलाइएको थियो ।
बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थालेपछि मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न भनिएको उनले बताए ।



