काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो ।
फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ मा मध्यरात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेकी श्रीलंकाली कान्थीमाथि काभास्कारले शरीरभित्र लगाइरहेको ब्रा र पेन्टीभित्र हालेर उक्त परिमाणको धुलो सुन ल्याएको बताइएको छ । ती महिलालाई विमानस्थलको भन्सार क्षेत्र कटेर बाहिर निस्कने क्रममा प्रहरीले शंकाको आधारमा चेक जाँच गरेको थियो ।
सुनसहित ती महिलालाई राति नै प्रहरी वृत्त गौशाला पठाएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


