काठमाडौं : धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला हुने क्रममा सोमबार बिहान पक्राउ परेकाहरु छुटेका छन् ।
पक्राउ परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतलाई छुटाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफै नेपाल प्रहरी क्लब भृकुटीमण्डप पुगेका थिए ।
गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै सबै आन्दोलनकारीलाई रिहाइ गराएको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।



