काठमाडाैं- सत्तारूढ नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशन काठमाडौंमा सुरू भएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा मंगलबार शुरु सम्मेलनमा माओवादी उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम नेकपा समाजवादी राख्न प्रस्ताव गरेका छन् ।शर्माको ९ बुँदे पूरक प्रस्तावमा पार्टीको केन्द्रीय नीति योजना कार्यान्वयनको अलावा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरूको बाँडफाँड, निर्वाचन, सरकार निर्माण सम्बन्धी सबै अधिकार प्रयोग गर्ने व्यवस्था विधानमा राख्नुपर्ने उल्लेख छ ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले विधान मस्यौदा प्रस्तुत गरेका छन्। छलफलका लागि प्रतिनिधिहरूलाई २० समूहमा विभाजन गरिएको छ ।



