काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएका छन् ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँगको भेटमा पूर्वराजा शाहले आफ्नो काम सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएको हुन् ।
भेटपछि नेता रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुमा लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन् । भैरहवामा सामुहिक भेटमा राजा ज्ञानेन्द्रको भनाइ।’
पूर्वराजा शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अध्यक्ष राजेन्द्र लिंदेन, बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंह ज्ञानेन्द्रलाई बुधबार भैरहवा बोलाएर भेटघाट गरेका थिए ।



