काभ्रे : काभ्रेको चौंरीदेउरालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६, स्थित बोक्सेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् ।
मृत्यु हुनेमा चौंरीदेउराली- ६ बोक्सेकी ४५ वर्षीया गोमा चौलागाईं रहेकी छिन् । मोटरसाइकल चालक ४८ वर्षीय दिल्लीप्रसाद चौलागाईंको घाइते भएका छन् । मृतक गोमा मोटरसाइकल चालक दिल्लीको श्रीमती हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार साँझ ४ बजेको समयमा चौंरीदेउराली गाउँपालिका वडा नम्बर–६ स्थित लोक मार्गअन्तर्गतको सडक खण्डमा बोक्सेबाट रामेछापतर्फ जाँदै गरेको बा ३४ प ८४५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।



