काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ ।
अनेरास्ववियुका कार्यकर्ताहरुले आज देशैभरिका क्याम्पस अगाडि बाट ड्रमर थाल बजाएर प्रदर्शन गरेका हुन् ।सिहंदरवारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न खबरदारी गर्दै क्याम्पसअगाडि प्रदर्शन गरेका थिए ।
ललितपुर घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेपछि तत्काल राजीनामा माग गरेका हुन् ।ईपीएस कोरिया भाषा विवादमा आन्दोलन चर्किरहेका बेला मन्त्री प्रकाश ज्वाला ललितपुरको बालकुमारी पुगेपछि हिंसा भड्किएको थियो ।
जसमा दुई जना युवक प्रहरीको बल प्रयोगमा मारिएका थिए । यो प्रकरणमा छानबिन गर्न सरकारले बनाएको समितिले मन्त्री ज्वाला बालकुमारी पुग्नुलाई गलत भनेको छ ।



