काठमाडौं : राजसंस्था पुनःस्थापन लगायतका ४० बुँदे मागपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले बुझाउने भएको छ। राप्रपाले ४० बुँदे बुझाएर आन्दोलनमा होमिन लागेको हो।
ज्ञापन पत्र बुझाउनुअघि राजधानीको भृकुटीमण्डपबाट दबाबमूलक र्याली सुरु गरेर भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै फेरि भृकुटीमण्डप पुगेर सभा गर्ने र त्यसपछि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा साढे १ बजे सिंहदरबारमा पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार संवैधानिक राजसंस्था र पूर्ण धार्मिक स्वतन्त्रसहितको हिन्दु अधिराज्य हुनुपर्ने, धर्मान्तरणमा तत्काल रोक लगाउनुपर्ने, प्रदेशको खारेजी र दुई तहको सरकार हुनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, कार्यकारी पदमा दुई कार्यकाल भन्दा बढी हुन नहुनेलगायत विषय ४० बुँदेमा छ।
यस्तै बढ्दो भ्रष्टाचारको विषयदेखि बैंकदेखि वित्तीय संस्थाको मनपरीमाथि हुनुपर्नेलगायतका विषय पनि उल्लेख छ।



