पोखरा- पर्वतको चुवामा गएराति स्कूटर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका–१३ खौलालाँकुरी कुनादीका ३२ वर्षका सागर कार्की रहेका छन् ।
सोमबार राति १० बजे कुश्माबाट पोखरातर्फ आउँदै गरेको ग२१प ९५ नम्बरको स्कूटर सडक छेउको बारमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले सीसीटिभी क्यामेराको माध्यममार्फत दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



