काठमाडौ: १० दिने भ्रमणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिका जाने भएका छन् ।
राप्रपाको शुभेच्छुक संगठन ‘प्रवासी नेपाली एकता समाज (पानस)’ अमेरिकाको तेश्रो अधिवेशनमा भाग लिन जाने भएका हुन् । कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्न उनी यहि कात्तिक ९ गतदेखि २० सम्म अमेरिकामा रहने पानसले जनाएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले कात्तिक ११ गते डालास टेक्सासमा हुने नेपाली फेस्टिभलमा भाग लिनेछन् । भने, १२ गते करि लिफ ब्यांडकेट हलमा हुने पानसको अधिवेशन भाग लिनेछन् । उनी कात्तिक १८ गते न्यूयोर्कमा दिउँसो १ बजे पानस न्यूयोर्कद्वारा आयोजित कार्यक्रममा हुनेछन् । यसैगरी लिगंदेनले कात्तिक १९ गते पानस मेरिल्यान्डद्वारा बाल्टिमोर बाना हलमा आयोजित कार्यक्रममा भाग लिने बताइएको छ ।
उनी अमेरिका भएको बेला सम्बन्धित स्थानमा बस्ने नेपालीलाई कार्यक्रमा सहभागी हुन पानसले आग्रह गरेको छ ।



