सुनसरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।
यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो ।इनरुवा सब स्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन् ।विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।



