बारा : बाराको सदरमुकाम कलैयामा अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका प्रधानाध्यापकको ज्यान गएको छ। ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका- ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रअ रुपेश सरार्फ( गुडु) रहेका छन्।
टाउको र छातीमा गाेलि प्रहार भएको थियोे। गोली प्रहार भई घाइते भएका उनलाई उपचारका लागि वीरगंजकाे गण्डक स्थित नेपाल मेडिसीटी ब्योधा अस्पतालमा लगिएको थियो। तर, उनी बाँच्न सकेनन्।



