काठमाडौं: विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा जम्दै गरेका अविनाश थापा काजीको गीत ‘छोडी जाने’ सार्वजनिक भएको छ। प्रमोद खरेलको स्वरमा रहेको उक्त गीत कमल अधिकारीको यूट्युब च्यानलामा सार्वजनिक भएको हो।
गीतको निद्रेशन रमेश बिजुली बिसि र छायांकन सोनु बिकले गरेका छन्। यस्तै मोडलिङ्ग थापा काजी, भावाना बान्तोला र प्रभाश सिलवालले गरेका छन्।
विगत ८ वर्ष देखि निरन्तर रुपमा मोडलिङ्ग गर्दै आएका अविनाश थापा काजीले २० वटा आधुनिक गीत र तीन वटा देउडा गीतमा अभिनय गरेका छन्।


![अविनाश थापाको ‘छोडी जाने’ सार्वजनिक[भिडियोसहित]](https://prajatantra.thecodeedev.com/wp-content/uploads/2023/11/396732325_3508341386160740_4645546818216017253_n-1024x576.jpg)
