काठमाडौं : भारत र अष्ट्रेलियाबीच ५ टी–२० खेलको घरेलु सिरिज सुरु हुँदैछ। पहिलो खेल राति सवा ७ बजे विशाखापट्टनममा सुरु हुनेछ ।
टी–२० मा पहिलो पटक कप्तानी गर्न लागेका सूर्यकुमार यादवले विश्वकपको हार पीडादायी भएको बताएका छन्।
अष्ट्रेलियाविरुद्ध ५ टी–२० सिरिज दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ।



