काठमाडौं : ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् ।
दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको प्रहरीले जनाएको छ ।
आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् ।
उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, १ माघ २०८०



