कैलाली :कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ।
बिहीबार नेकपा एमालेको अवरोधकाबीच नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् । भवन पुनः उद्घाटनको एमालेले बिरोध जनाएको छ । भवन उद्घाटनको पुरानो शिलालेख हटाई नयाँ शिलालेख पनि राखिएको छ।एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाटन गरेको भवनको कांग्रेसबाट निर्वाचित अहिलेका मेयर बिरेन्द्र भट्टले बिहीबार उद्घाटन कार्यक्रम राखेपछि बिहान तनाव सिर्जना भएको थियो ।प्रशासनीक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएको नेकपा एमालेले नगरपालिका घेराउ गरेको थियो ।एसियाली विकास बैङ्क (एडीबी)को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले निर्माण गरेको भवनमा १३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँ खर्च भएको थियाे ।



