काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुले उग्र महत्त्वकांक्षा त्यागेर आफ्नो आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलनलाई बुटवलमा सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले अब कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने बताए । कोइरालाले कांग्रेस एक ढिक्का हुन नेताहरूले दम्भ छाड्नुपर्ने बताए ।



