काठमाडौं : काठमाडौं महानगरपालिकाले तिहारका लागि सयपत्री फूलको माला विक्रीका लागि खुला गरको छ।
सयपत्री फूलको माला विक्रीका लागि महानगरले ४ स्थान तोकेको छ। भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको महानगर प्रमुख बालेन शाहले जानकारी दिएका छन्।
नेपालमा आर्थिक मन्दी भइरहेको बताउँदै प्रमुख शाहले नेपाली पैसा विदेश जानबाट रोक्न यो कदम चालिएको सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन्।
महानगर, नेपाल फ्लोरीकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कर्मसले संयुक्त रुपमा फूल बिक्री वितरण गरेको जनाउँदै उनले किसानलाई तिहारका चार दिन महानगरले कुनै अवरोध नगर्ने बताएका छन्।



