काठमाडौँ: बर्दियामा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको राजापुर नगरपालिका – ५ झप्टी बस्ने ७५ वर्षीय सोहनी थारुको जलेर मृत्यु भएको हो ।सुत्ने कोठामा चिसोबाट बच्नका लागि बालिएको आगोले वृद्धाले ओढेको ब्लाङ्केटमा सल्किएपछि उनी घाईते भएकी थिइन् ।बुधबार दिउँसो साढे तिन बजे घाईते भएकी उनलाई उपचारका लागि बर्दिया अस्पताल हुँदै नेपालगञ्ज लगिएको थियो ।उनको मृत्यु आज बिहान चार बजे भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।



