विराटनगर : कोशी प्रदेश सभा सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट चयन भएका छन् ।
प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उनलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो।यसरी सत्तारूढ र प्रतिपक्षी दलहरूको समर्थन पाएका विष्टलाई मंगलबारको प्रदेश सभा बैठकले सभामुख चयन गर्ने औपचारिकता पूरा गरेको हो ।
उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेकी थिइन् ।
राप्रपा सासद भक्तीप्रसाद सिटौला प्रस्तावक र अर्का सांसद प्रेमराज थाम्सुहाङ समर्थक रहेर विष्टले सभामुख पदमा उम्मेदवारी दिएका थिए ।



