झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका—११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।उनलाई बिहीबार राति हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर बाटामा शव फेला परेको प्रहरीले बताएको छ।हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति:
शुक्रबार, १३ पुष २०८०



