काठमाडौं : जनकपुरधाममा ट्रेनको लिकमा किचिएर एक जनाको मृत्यु भएको छ।
जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर भारतको विहार मधुवनी जिल्लामा पर्ने खेरामाठका विन्देश्वर दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर उनको आज विहान मृत्यु भएको हो।
प्रकाशित मिति:
मंगलवार, २८ कार्तिक २०८०



