काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)ले झापामा शक्ति शनिबार प्रदर्शन गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अगुवाइमा शक्ति प्रदर्शन गरिएको हो। विर्तामोडमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागत गरिएको छ।
पूर्व राजा शाह औपचारिक कार्यक्रमका लागि झापा पुग्ने भएपछि राप्रपाले बाजागाजासहित शक्ति प्रदर्शन गरेको हो।
पूर्वराजा शाहले पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा कलेज प्राङ्गणमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रम छ।




