काठमाडौं : काठमाडौंको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ ।
कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा फसेकाे हाे ।
सडकमुनि खाल्डो वा ढल भएकाले पछाडिको एउटा चक्का भासिएको बताइएकाे छ । अहिले ट्राफिक र नेपाल प्रहरी भएर बसलाई हटाउन लागेका छन् ।



