नवलपरासी : पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ। यात्रुमध्ये १ जना गम्भीर घाइते भएका छन्।
आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए।
मृतकमध्ये ३ जना महिला र ३ पुरुष रहेको पौडेलले बताए। वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख वेदबहादुर पौडेलले जानकारी दिए। मृतक कसैको पनि सनाखत हुन सकेको छैन।
प्रहरीका अनुसार जीपको ब्रेक फेल भएका कारणले दुर्घटना भएको हो।


