कैलाली : नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले निर्वतमान अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने भएको छ ।
टीकापुरमा जारी प्रथम केन्द्रीय अधिवेशनबाट पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए । त्यसपछि रुष्ट बनेकी उनकी पत्नी रञ्जिताका लागि विधान संशोधन गरी सहअध्यक्ष रहने व्यवस्था गर्ने तयारी गरेको हो ।
नवनिर्वाचित महासचिव गंगाराम थारूले निर्वतमान अध्यक्षलाई व्यवस्थापन गर्न विधान संशोधन गरेर सहअध्यक्षको व्यवस्था गर्न लागेको बताए ।



