काठमाडौं: प्रहरीले नागढुंगाबाट दुई किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् ।उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
शुक्रबार, २२ मंसिर २०८०



