काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो ।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो ।
योसँगै नेपालले पहिलो खेलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भएको छ।
सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँगै २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो ।



