काठमाडौं : नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ ।
कीर्तिपुरमा सम्पन्न खेलमा नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ६ विकेट गुमाउँदै ३३.१ ओभरमा पूरा गरेको हो ।नामिबियाका लापिग जन फ्रायलिंकले सर्वाधिक ३४ रन बनाए ।
त्यस्तै जन निकोल लोप्mटी इटानले ३१ रन बनाउँदा ओपनर माइकल २३ रन बनाए । त्यस्तै जेजे स्मीथले नटआउट १७ रन बनाए भने निकोलास डेभिनले १५ रन बनाएका थिए । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने ललितनारायण राजवंशीले २ विकेट र कप्तान रोहित पौडेलले १ विकेट लिए । त्यसअघि नेपालले भीम सार्कीको ४४ रनका मद्दतले १३२ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
खेलको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएपछि संकटमा परेको नेपालले त्यसपछि क्रमशः अनिल शाह, आशिफ शेख र कप्तान रोहित पौडेललाई २१ रन बनाउँदाको अवस्थामा गुमाएको थियो ।
त्यसपछि भिम सार्की र कुशल मल्लले इनिङ सम्हाले पछि मल्ल १५ रनमा आउट भए ।खेलको अन्त्यतिर गुल्सन झाले २१ रन बनाउँदा करण केसीले १६ रन बनाए भने पवन सर्राफले १२ रन बनाए ।
नामिबियाका लागि गेरहार्ड इरासमसले ५ विकेट लिएका थिए ।



