काठमाडौं: सुपर ओभरमा घरेलु टोली नेपाललाई हराउँदै आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि ओमानले उचालेको छ।
ओमानले अपराजित रहेर एसिया क्षेत्र छनोटको उपाधि हात पारेको हो। नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।
सुपर ओभरमा नसिम खुसी र अकिब इलियासले २१ रन बनाएका थिए। २२ रनको नयाँ लक्ष्य पाएको नेपालका लागि कुशल भुर्तेल पहिलो बलमा नै क्याच आउट भए।



