काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
मन्त्री किरातीले ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भनी दिएको अभिव्यक्ति एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने भएको भन्दै राप्रपाले आपत्ति जनाएको हो ।
राप्रपाले बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री किरातीले दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी भएको बताएको छ ।
‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भनी एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी छ ‘ विज्ञप्तिमा भनिएको छ ।




