काठमाडौं : यतिबेला पूर्व राजाज्ञानेन्द्र शाहको परिवार झापामा छ । बिर्तामोडमा स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न उनी त्यहाँ पुगेका हुन्।
कार्यक्रमको तयारीलगायत कार्यको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापामा थिए। उनकै नेतृत्वमा मेचीनगर धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा राप्रपा कार्यकर्ताले मोटरसाइकल र्याली निकालेर बिर्तामोडसम्म पुगेका थिए।

उक्त कार्यक्रमपछि अध्यक्ष लिङ्देन पूर्व राजाको निरन्तर सम्पर्कमा छन्। अहिले उनले राजपरिवारसँग भेटघाट गरेको तस्वीर सार्वजनिक भएको छ।





